चक्रपथमा मोनोरेलका लागि चीनियाँ कम्पनीसँग सम्झौता

२०७५ पौष ४ बुधबार १३:३३:०० मा प्रकाशित

काठमाडौं, ४ पुस । काठमाडौंमा मोनोरेल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न चीनियाँ कम्पनीसँग सम्झौता भएको छ ।

बुधबार चीनियाँ कम्पनी चाइना रेलवे २५औं ब्युरो ग्रुप कम्पनी लिमिटेड (सिआरसिसि)सँग कामाठाडैं र ललितपुर महानगरपालिकाले सम्झौता गरेका हुन् । सम्झौताअनुसार, सिआरसिसिले एक वर्षभित्र डिपिआर तयार गर्ने छ ।

प्रारम्भीक अध्ययनअनुसार, चक्रपथमा मोनोरेल निर्माणका लागि एक खर्ब १६ अर्ब लाग्ने छ ।

डिपिआर तयार भएको तीन वर्षपछि मोनोरेलको निर्माण सकिने जनाएको छ । उनीहरुका अनुसार, तिव्रगतिमा काम भए मोनोरेल गुड्न पाँच वर्ष लाग्ने छ ।

प्रारम्भीक अध्ययनअनुसार, चक्रपथको सडकमाथि २७ दशमलब ५ किलोमिटर लामो मोनोरेल लिक बन्ने छ । जसमा २१ स्थानमा यात्रु चढ्ने र ओर्लिने स्टेसन राखिने छ । यो कोटेश्वर–कलंकी, कलंकी–महाराजगञ्ज, महाराजगञ्ज–कोटेश्वर गरी तीन खण्डमा हुने जनाएको छ ।

 

ताजा खबर