सलमानविरुद्धको मुद्दामा सुनुवाई सारियो

२०७५ पौष ४ बुधबार १३:१८:०० मा प्रकाशित

काठमाडौं । कृष्णासार मारेको मुद्दामा बलिउड अभिनेता सलमान खानविरुद्धको सुनुवाई सारिएको छ ।

जोधपुरस्थित जिल्ला एवं विशेष अदालतमा भारत सरकारका तर्फबाट सलमानविरुद्ध रिट दायर गरिएको थियो । अवैध हतियार राखेको अभियोगमा स्थानीय अदालतले सलमानलाई सफाइ दिएको थियो । त्यसका विरुद्ध भारतीय सरकारले जोधपुर विशेष अदालतमा रिट दायर गरेको थियो ।

यसमा सुनुवाई तोकिएको थियो । तर, समय नपुगेपछि जोपुर जिल्ला अदालतका न्यायाधीश चन्द्रकुमार सोनगराले २० फेब्रुअरीका लागि सारेका छन् । अब यि सबै रिटमा २० फेब्रुअरीमा सुनुवाई हुने जनाएको छ ।

त्यस्तै,  फिल्म सुटिङका क्रममा सलमानले कृष्णासार मारेको अभियोग लागेको थियो । त्यसमा जोधपुरको स्थानीय अदालतले पाँच वर्षको जेल सजाय सुनाएका थिए । त्यसका विरुद्ध सलमानले विशेष अदालतमा रिट दायर गरेका थिए ।

यो अभियोगमा स्थानीय अदालतले अभिनेता सैफ अलि खान, अभिनेत्री सोनाली बिन्दे, नीलम, तब्बु र दुष्यन्तसिंहलाई सफाइ दिएको थियो । त्यसका विरुद्ध पनि भारत सरकारले विशेष अदालतमा रिट दर्ता गराएको थियो ।

यस मुद्दामा भने २१ जनवरीमा सुनुवाइ हुने जनाएको छ ।

 

ताजा खबर