क्याप्टेन विजय लामा नेवानिको प्रवक्ता नियुक्त

२०७५ पौष ४ बुधबार १३:०६:०० मा प्रकाशित

काठमाडौं, ४ पुस । नेपाल वायुसेवा निगम (नेवानि) ले सिनियर क्याप्टेन विजय लामालाई निगमको प्रवक्ता पदमा नियुक्त गरेको छ । त्यस्तै नवराज कोइरालालाई सहायक प्रवक्ताको जिम्मेवारी दिएको छ ।

पछिल्लो समयमा वाइडवडी जहाजसँग सम्बन्धीत विवादले निगमको छवि बिग्रिइरहेको अवस्थामा लामालाई प्रवक्ता बनाइएको हो ।

लामा नेवानिमा पछिल्लो ३ दशकदेखि जहाज उडाउने काममा सक्रिय छन् । चर्चित छवि भएका कारण पनि निगमले उनलाई प्रवक्तामा राखिएको बताइएको छ ।

 

ताजा खबर