वैदेशिक रोजगारीबाट फर्केका युवा रेष्टुरेण्ट व्यवसायमा,विदेशमा सिकेको सिप उपयोग गर्ने अठोट

२०७५ पौष ४ बुधबार ०९:२२:०० मा प्रकाशित

ललितपुर,४ पुस । पाँच वर्ष दक्षिण कोरियामा काम गरेर फर्केका सुदुरपश्चिमका दुईजना युवाले विदेशमा सिकेको सिप अब आफ्नै देशमा लगाउने अठोटका साथ रेष्टुरेण्ट व्यवसाय सुरु गरेका छन् ।

सुदुरपश्चिमका युवा प्रकाश बटाला र पदम साउदले संयुक्त लगानी गरेर ललितपुरको सातदोबाटोमा किङ्ग फिसर रेष्ट्रो एण्ड बार खोलेका हुन् । करिब ४० लाख लगानीमा खोलिएको उक्त रेष्टुरेष्टको एक समारोहबीच नेपाल सरकारका पूर्व उप–सचिव तथा समाजसेवी केशर साउदले उद्घाटन गरे ।

उद्घाटनमा सञ्चालक प्रकाश बटालाले आफुहरुले दिर्घकालिन सोचका साथ व्यवसाय सुरु गरेको भन्दै आफ्नो रेष्टुरेन्टमा ग्राहकले पारिवारीक वातावरण र नयाँपन महसुस गर्ने बताए ।

उद्घाटनमा प्राध्यापक,प्रशासक,विभिन्न संचारमाध्यममा आवद्ध पत्रकार लगायत विशिष्ठ व्यक्तिको सहभागिता रहेको थियो ।

ताजा खबर