साहित्य महोत्सवलाई गण्डकी सरकारको सहयोग

२०७५ पौष ३ मंगलबार १४:४६:०० मा प्रकाशित

पोखरा, ३ पुस । पोखरामा ७ देखि १० पुससम्म हुने साहित्य महोत्सवलाई गण्डकी सरकारले पनि सघाउने भएको छ ।

नेपाल लिटरेचर फेस्टिभलको सातौ संरुकणका लागि गण्डकी प्रदेश सरकारले पाँच लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको हा । पोखराको पर्यटन प्रद्धधनमा सघाउने भएकाले सहयोग गर्न लागिएको प्रदेश सरकारले जनाएको छ ।

बुक वर्म फाउन्डेसनको आयोजनामा फेवा किनारमा साहित्य महोत्सव हुन लागेको हो । महोत्सवमा देशविदेशका दर्जनौ साहित्यकार, लेखक, कलाकार तथा बुद्धिजीविहरुको सहभागिता रहने छ ।

ताजा खबर