संजय दत्त ग्याङस्टर बन्दै

२०७५ पौष ३ मंगलबार १४:०५:०० मा प्रकाशित

काठमाडौं । पक्राउ, जेल र रिहापछि बलिउड अभिनेता संजय दत्त फेरी फिल्ममा देखिने भएका छन् ।

ग्याङस्टर करिम लामाको जीवनीमा बन्ने फिल्ममा संजय दत्त मुख्य भूमिकामा देखिने भएका हुन् । यसलाई ‘बागी २’का निर्देशक अहमद खानले निर्देशन गर्ने जनाएको छ ।

यो फिल्ममा संजयसँगै बबी देवल र आयुष शर्माको पनि अभिनय रहेको छ । यसमा संजय दत्त ग्याङस्टरको भूमिकामा देखिने छन् । उनले यसका लागि तयारी शुरु गरेको जनाएको छ ।

 

ताजा खबर