सारा र टाइगर श्राफ एकसाथ देखिने

२०७५ पौष ३ मंगलबार १३:०६:०० मा प्रकाशित

काठमाडौं । पहिलो फिल्म ‘केदारनाथ’बाट चर्चा कमाएकी सारा अलि खानको अर्को फिल्म पनि साइन भएको छ । उनी टाइगर श्राफसँगै नयाँ फिल्ममा देखिने भएकी छन् ।

साराको पहिलो फिल्म केदारनाथले राम्रो कमाइ गरेको छ । यसले समिक्षकबाट राम्रो प्रशंसा पाएको छ ।

यहिबीच साराले अर्को फिल्म पनि पाएकी छन् । साजिद नाडियाडवालाले बनाउने फिल्ममा टाइगर श्राफको पनि अभिनय रहने छ ।

यस अघि साजिद नाडियाडवालाको ब्यानरमा बनेका दुवै फिल्म हिट भएका थिए । दर्शक र समिक्षकले ‘बागी’ र ‘बागी २’लाई मन पराएका थिए ।

नयाँ फिल्मका लागि टाइगर श्राफ मेहनत गरिरहेका छ । यो फिल्ममा सारा र टाइगरका थुप्रै एक्सन सिन रहने जनाएको छ ।

ताजा खबर