श्रृंखलाभन्दा मनिताले यसरी रचिन इतिहास

२०७५ पौष २ सोमबार १२:४८:०० मा प्रकाशित

काठमाडौं, २ पुस । मिस वल्डमा सहभागि श्रृंखला खतिवडाका लागि प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार बिष्णु रिमालदेखि मन्त्रीहरु नै भोट माग्न थाले । नेकपा थुप्रै नेताहरुले त अभियाननै चलायो ।

तर, श्रृंखला चीनमा भएको मिस वल्ड प्रतियोगिताको टप १२ बाटै बाहिरिइन् । जबकी यस अघि ईशानी श्रेष्ठ पनि टप १२ मा पुगेकी थिइन् ।

श्रृंखलाजस्तो चर्चा, मिडिया कभरेज नपाएपनि मिस युनिभर्स नेपाल मिनता श्रेष्ठले भने चुपचाप इतिहास बनाएकी छन् । श्रृंखला टप १२ बाट बाहिरिएकी थिइन भने उनी टप १० मा पुगेकी हुन् । 

आज बिहान थाइल्यान्डको बैंककमा मिस वल्डजस्तै अर्को प्रतियोगिता सम्पन्न भएको छ, मिस युनिभर्स । जसमा नेपालको तर्फबाट प्रतिस्पर्धी मनिता देवकोटाले इतिहास रहेकी छन् । उनी टप १० मा पुगेकी छन् । अहिलेसम्म नेपालका तर्फबाट मिस युनिभर्सको टप १० मा कोही पनि पुगेका थिएनन् ।

उनी अफ्रिका÷एसिया प्यासिफिक समूहबाट टप २० हुँदै टप १० मा पुगेकी हुन् । उनले ‘नेसलन गिफ्ट अक्सन अवार्ड’ पनि जितेकी छन् । मनिताले नेपालबाट लगेको ‘बुद्धिष्ट स्याडो बक्स’ उत्कृष्ट ठहरिएको हो । जुन ३० हजार भाटमा बिक्री भएको छ ।

तथापी, मिस युनिभर्स नेपाल मनिताले मिस युनिभर्सको ताज पहिरन भने सकिनन् । फिलिपिन्सकी क्याट्रियोना गेल मिस युनभर्स बनेकी छन् । प्रतियोगितामा साउथ अफ्रिकाकी टमारिन ग्रीन फस्ट रनर्सअप र भेनेजुएलाकी सेफानी गुटिरेज सेकेण्ड रनर्सअप भएका छन् ।

 

ताजा खबर