मिस युनिभर्स २०१८ को उपाधि फिलिपिन्सकी क्याट्रिओनालाई, नेपालकी मनिता टप १० मा

२०७५ पौष २ सोमबार ०९:१७:०० मा प्रकाशित

काठमाडौ,२ पुस । मिस युनिभर्स २०१८ को उपाधि फिलिपिन्सकी क्याट्रिओना ग्रेले जितेकी छन् । थाइल्याण्डकको बैंककमा सोमबार भएको फाइनल प्रतिस्पर्धामा फिलिपिन्सकी २४ वर्षीया क्याट्रिओनाले मिस युनिभर्सको ताज पहिरिएकी हुन् ।

नेपालबाट प्रतिनिधित्व गरेकी मनिता देवकोटा पनि टप १० मा पुग्न सफल भइृन् । अन्तिम प्रतिस्पर्धामा देवकोटा यसअघि एसिया तथा अफ्रिका क्षेत्रका उत्कृष्ट पाँच प्रतिस्पर्धीमा पर्न सफल भएकी थिइन् ।

अमेरिका, युरोप र एसिया प्यासिफिक तथा अफ्रिका गरी तीन महादेशका उत्कृष्ट पाँच छनौट गरी १५ जना र पाँचजना वाइल्ड कार्डमार्फत् गरी टप २० छनौट गरिएको थियो ।

मिस युनिभर्सको ताज जित्ने क्याट्रिओना फिलिपिन्सको चौथो सुन्दरी हुन् । यसअघि सन् २०१५, १९७३ र १९६९ मा पनि फिलिपिन्सकै सुन्दरीहरुले मिस युनिभर्सको ताज जितेका थिए ।

ताजा खबर