के कांग्रेस दण्डभागी हुन तयार छ ?

नेपाली काङ्ग्रेसको महासमितिको बैठकको पूर्ब संध्यामा महासमिति सदस्यहरूहरूमा अपील !
*****
*****
नेपाली काङ्ग्रेसले माओवादीहरू र कम्युनिस्टका नीति र विचारमै उनीहरूसँग सहकार्य र प्रतिष्पर्धा गर्ने रणनीति अवलम्वन गर्यो र नै मुलुक, प्रजातन्त्र र काङ्ग्रेस यो हालतमा छ I
मुलुक, प्रजातन्त्र र काङ्ग्रेसको सुरक्षा र भविष्य अनिश्चित र असुरक्षित हुन पुगेको छ I
मुलुकको एकता, अखण्डता र सामाजिक सद्भाव थाम्नै नसकिने जस्तो भएर विथोलिएको छ I
******
मूल विषयमा प्रवेश गर्ने हिम्मत नभएका कांग्रेसको केन्द्रिय समितिका पदाधिकारी र सदस्यहरू तपसीलका विषयहरूमा रोड्याइ मच्चाइरहेका छन् !
आफ्नो अस्तित्व र शक्तिको भ्रम छरिरहेका छन् I
*****
वीपी कोइरालाले अवलम्वन गर्नुभएको राष्ट्रिय मेलमिलापको नीतिको मूल लक्ष मुलुकको एकता, अखण्डता र प्रजातन्त्रलाई सुरक्षित भविष्य प्रदान गर्ने र त्यसैको बलमा सामाजिक सद्भाव वृद्धि गर्नु र र आर्थिक समृद्धि प्राप्त गर्नु थियो I
नेपालको जटील भूराजनीतिक अवस्थितिले आमन्त्रणगर्ने राजनीतिक अस्थिरता र उथलपुथल विरुद्ध मुलकुको सुरक्षा कवच थियो वीपी प्रतिपादित राष्ट्रिय मेलमिलापको नीति I
वीपीको मेलमिलापको नीति प्रतिकूलको राजनीतिक आचरण र अभ्यासमा काङ्ग्रेस सहभागी हुन पुगेकैले राजा महेन्द्र र राजा वीरेन्द्र अन्तर्गत पंचायतले जति वर्ष शासन गर्यो त्यति नै बर्ष कांग्रेस, एमाले र माओवादीहरूले मुलुकको शासन चलाउँदा पनि देशले व्यापक राष्ट्रिय सहमतिको राजनीतिक गन्तव्य पाउन सकेको छैन I
******
मुलुकको हित र जनताको वृहत्तर सुख र कल्याणको मूल्यमा सडकमा लगाइने नारा सुखको लागि काङ्ग्रेसले आफ्नो अस्तित्वको पहिचान र औचित्यलाई अनुभूत नै गर्न सकिरहेको छैन !
*******
नेपाली काङ्ग्रेसले आफ्ना आन्तरिक राजनीतिक विवादलाई व्यवस्थापन गर्नमा पाएको असफलता र त्यसबाट उत्पन्न घात -प्रतिघातको बाटो मुलुक झन् झन् हिंसा, द्वन्द्व र राजनीतिक विग्रहको चरणमा प्रवेश गरेर एक पछि अर्को गर्दै मुक्लुक आजको स्थितिमा आइपुगेको हो I
मुलुकलाई गणतन्त्र, संघियता र धर्मनिरपेक्षता अंगाल्न वाध्य बनाइएको हो I
*****
काङ्ग्रेसले वर्तमानमा अवलम्वन गरेका नीतिहरूले वीपी, सुवर्णजी , गणेशमानजी र किसुनजीको विचार, नीति र दृष्टिकोणहरूको अपमान भएको छ I
आफ्नै इतिहासलाई अवमूल्यन गरेको छ I
आफैंलाई ढाँटेको छ I
******
महासमितिका सदस्यहरू काङ्ग्रेस र मुलुकको भविष्यप्रति गम्भीर र इमान्दार छन् भने उनीहरूले वर्तमानमा वीपीको राष्ट्रिय मेलमिलापको नीतिको सान्दर्भिकता र औचित्यबारे सशक्त आवाज उठाउन् !
काङ्ग्रेस भित्रका एकनाथ ढकाल र माधव नेपालहरूको पहिचान गरून् !
संविधान सम्सोधन द्वारा २०४७ सालको संविधानका मूल चरित्रहरू अंगिकार गर्ने मार्ग चयन गरून् !
नभए इतिहासले दिने कठोर दण्डको लागि तयार हुनुको के विकल्प होला र ? ? ?
(नेपाल शिक्षक युनियनका पूर्व अध्यक्ष केशव प्रसाद भट्टराईको सामयिक टिप्पणी उनको फेसबुकबाट)