'मणिकर्णिका'मा सक्कली हतियारले नै भिड्दै कंगना

२०७५ मङ्सिर २८ शुक्रबार १२:५८:०० मा प्रकाशित

काठमाडौं । बलिउडमा सधै विवादले चर्चामा आइराख्ने अभिनेत्री कंगना रानौट यसपटक भने फिल्म ‘मणिकर्णिका’ले चर्चामा छन् ।

यो फिल्ममा उनी झाँसीकी रानी लक्ष्मीबाईको भूमिकामा रहेकी छन् । यो फिल्मको धेरै भाग उनलेनै निर्देशन गरेकी छन् ।

मणिकर्णिकामा उनी एक्सन र स्टन्टमा पनि देखिने छिन् । उनले डरलाग्दा स्टन्ट दिएकी छन् ।

यसका अतिरिक्त यतिबेला भने त्यो फिल्म सुटिङमा प्रयोग भएका हतियारले कंगनालाई चर्चामा ल्याएको छ । उनले इन्स्टाग्राममा लामो पोस्ट गरेकी छन् । जसमा मणिकर्णिकाको सुटिङमा सक्कली हतियार प्रयोग गरिएको खुलाएकी छन् । ‘एकसय ५० वर्ष पुराना हतियार प्रयोग भएका छन् । ति हतियार नक्कली होइनन,’ कंगनाले भनेकी छन् ।

त्यस्तै, उनले लगाएको कबच पनि गह्रौं रहेको छ । सुटिङमा लगाएको कवच ५ किलोग्रामको रहेको खुलाएकी छन् ।

यो फिल्ममा उनले तरवार र पेस्तोल प्रयोग गरेकी छन् । जुन पेस्तोल झाँसकी रानीले प्रयोग गरेकी थिइन, त्यही पेस्तोल प्रयोग भएको जनाएको छ ।

मणिकर्णिका २५ जनवरी, २०१९ मा रिलिज हुने छ । यसमा कंगनासँगै अंकिता लोखन्डे, रिचार्ड किप र जिसु सेनगुप्ताको अभिनय रहेको छ ।

ताजा खबर