'आलिया कपूर' भन्दा यस्तो आयो आलिया भट्टको जवाफ

२०७५ मङ्सिर २८ शुक्रबार १२:१७:०० मा प्रकाशित

काठमाडौं । बलिउडमा बिहेको सिजन चलिरहेको छ । दीपिका पादुकोण, रणवीर सिंह, प्रियंका चोपडा, कपिल शर्माले भरखरै बिहे गरेका छन् ।

यहिबीच बलिउड अभिनेत्री आलिया भट्टको चर्चा शुरु भएको छ । आलिया र रणवीर कपूर प्रेमसम्बन्धमा रहेका खबर छाइरहेका छन् ।

केही दिन अघि आलियाका बुवा निर्देशक महेश भट्टले पनि आलिया र रणवीर प्रेमसम्बन्धमा रहेको स्वीकारेका थिए । उनले पत्रकारको प्रश्नमा जवाफ दिएका थिए, ‘रणवीर–आलिया प्रेममा छन् भन्ने कुरा बुझ्न बुद्धिजीवि हुनु पर्दैन् । म पनि रणवीरलाई मन पराउँछ । उनी राम्रा केटा हुन् । उनीहरुको सम्बन्धलाई कहाँ पु¥याउँछन्, उनीहरुमा निर्भर छ । उनीहरुले नै सोच्नु पर्छ ।’

यसमा आलिया र रणवीरले अहिलेसम्म केही प्रतिक्रिया दिएका छैनन् । ट्वीरमा भने आलियाले रोचक जवाफ दिएकी छन् ।

ट्वीटरमा आलियाले ‘आस्क आलिया’ ह्यासट्याग राखेर आफ्ना फलोअर्ससँग कुराकानी गरेका थिइन् । त्यसमा हिमांसु ककनी नामका ट्वीटेले प्रश्न सोधे, ‘के तिमीलाई आलिया कपूर बनेर बोलाउँन सक्छु ?’

आलियाले त्यसलाई रिट्वीट गर्दै लेखेकी छन्, ‘के म तिमीलाई हिमांसु भट्ट भनेर बोलाउँन सक्छु ?’

त्यसमा तीन सय ट्वीटेले प्रतिक्रिया जनाएका छन भने साढे चारसय भन्दा बढीले रिट्वीट गरेका छन् । चार हजारभन्दा बढीले मन पराएका छन् ।

त्यसमा रमाइला रमाइला कमेन्ट आएका छन् । हिमांसुले ‘प्रपोज गरेको भए हुन्छ’ भन्ने रिप्लाई गरेपछि अर्कोेल कमेन्ट गरेको छ, ‘भाइ र बहिनीको पनि एउटै थर हुन्छ । आलिया राखी पठाउँलिन् ।’

Can I call you Himanshu Bhatt? https://t.co/3jRIcZLEzK

— Alia Bhatt (@aliaa08) 13 December 2018

 

 

 

 

ताजा खबर