साहित्यकार झमककुमारीको कृति ‘जीवन काँडा कि फूल’ बन्यो चलचित्र 

२०७५ मङ्सिर २७ बिहीबार २२:४१:०० मा प्रकाशित

 

काठमाडौं ।  साहित्यकार झमककुमारी घिमिरेको ‘जीवन काँडा कि फूल’ कृतिमा आधारित चलचित्र निर्माण भएको छ । 

करीब दुई घण्टा समयावधिको उक्त चलचित्रको छायाङ्कन धनकुटास्थित घिमिरेको निवासस्थल तथा धरान र ललितपुरमा गरिएको छ । विनोद विष्टले निर्माण गरेको चलचित्रमा घिमिरेको सङ्घर्षका साथै उनले प्रयोग गर्ने सामग्रीलाई समावेश गरिएको छ । सो चलचित्र आगामी चैत २२ गते देशभर प्रदर्शन गरिने बताइएको छ । 

यहाँ बिहीबार आयोजित पत्रकार सम्मेलनमा निर्माता विष्टले छ वर्षको समयावधि लगाएर अनुसन्धान गरी सम्पन्न गरिएको चलचित्र निर्माण लागत ६५ लाख रहेको जानकारी दिए। 

चलचित्र निर्माता सङ्घका अध्यक्ष एवं सिने निर्देशक आकाश अधिकारीले शारीरिक अपाङ्गता भएका व्यक्तिले पनि केही गर्न सक्ने सन्देश दिएकी घिमिरेको बौद्धिकतालाई बुझाउन यो चलचित्रले ठूलो सहयोग पु¥याउने बताउँदै चलचित्रको सङ्क्षिप्त कथा वस्तुलाई आफूले अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्ने प्रतिबद्धता व्यक्त गरे। 

कलाकार मोहन निरौला, सङ्गीतकार राजु सिंहलगायतले शारीरिक अपाङ्गता भएका व्यक्तिले पनि नेपाली साहित्यको विकासमा योगदान पु¥याएको बताए। 

चलचित्रमा रोजिता बुद्धाचार्य, किसन सुनार, उमा गिरीलगायत कलाकारले अभिनय गरेका छन् भने गायिका जुनु गौतमले गीत गाएकी छिन् । रासस

 

ताजा खबर