प्रियंका र सलमानलाई पनि पछारिन प्रियाले

२०७५ मङ्सिर २७ बिहीबार १३:१५:०० मा प्रकाशित

काठमाडौं । भ्यालेन्टाइन डेसँगै एउटा तस्विर भाइरल भयो । जसमा एउटी किशोरीले आँखा झिम्काएको थियो ।

कसैले नचिनेकी ति किशोरी विस्तारै गुगलमा खोजिन थालिन् । धेरैले उनको नाम पत्ता लगाए प्रिया प्रकाश वारियर । र उनी मलयाली फिल्म ‘ओरु उदार लभ’की हिरोइन थिइन् ।

उनी हिरोइन भएको खुलेपछि झन गुगलमा सर्च हुन थाल्यो । र सन् २०१८ मा गुगलमा उनको यति खोजी भयो की बलिउड अभिनेत्री प्रियंका चोपडा र अभिनेता सलमान खानलाई पनि प्रियाले पछाडी पारिन् ।

गुगलले जारी गरेको वर्षभरी सर्च हुने बलिउड कलाकारमा प्रिया पहिलो नम्बरमा छिन् । त्यसपछि दोस्रो नम्बरमा बलिउड अभिनेत्री प्रियंका चोपडा छिन् ।

तेस्रो नम्बरमा गायिका सपना चौधरी रहेका छन् । त्यस्तै, सोनम कपूर, सारा अलि खान, सलमान खान, भजन गायक अनूप जलोटा, बोनी कपूर रहका छन् ।

ताजा खबर