अभिनेत्री जरीन खान दुर्घटनामा
२०७५ मङ्सिर २७ बिहीबार १२:१७:००
मा प्रकाशित
काठमाडौं । बलिउड अभिनेत्री जरीन खान दुर्घटनामा परेकी छन् । उनी सवार कारलाई मोटरसाइकलले ठक्कर दिएपछि दुर्घटना भएको हो ।
बुधबार साँझ गोवामा भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ भने जरीनलाई पनि चोट लागेको जनाएको छ ।
मोटरसाइकल कारसँग ठोक्किएपछि चालक भूइमा खसेका थिए । उनको टाउँकोमा हेल्मेट लगाएका थिएनन् । टाउँकोमा चोट लागेका मोटरसाइकल चालकको उपचारका लागि अस्पताल लग्ने क्रममा बाटोमै मृत्यु भएको जनाएको छ ।
जरीन खानलाई सामान्य चोट लागेको भातरीय मिडियाले जनाएका छन् । उनी सामान्य उपचारपछि घर फर्किएकी छन् ।