हिउँले सेताम्य हुम्ला

२०७५ मङ्सिर २७ बिहीबार ११:३५:०० मा प्रकाशित

हुम्ला, २७ मंसिर । हिसो बढ्दै गएको हुम्लामा बुधबार रातीदेखि हिउँ पर्न थालेको छ । बिहीबार बिहान भने हिउँले हुम्ला सेताम्य भएको छ ।

यहाँ बुधबार रातिदेखि दोस्रो पटक हिउँ पर्न थालेको हो । यस अघि कात्तिकको मध्यतिर हिउँ परेको थियो ।

चीनको तिब्बतसँग जोडिएको नाम्खा गाउँपालिकाको उच्च भागमा हिमपात भएको छ । त्यस्तै, सदरमुकाम सिमकोटमा पनि बिहीबार बिहान हिउँ परेको छ ।

यतिबेला हुम्लाका अग्ला डाँडाहरु सेताम्य भएका छन् । जिल्लाका अधिकासं भागमा हिउँले ढाकिन थालेका छन् ।

मंसिरको अन्त्यदेखि शुरु भएको हिमपात फागुनको दोस्रो सातासम्म रहने स्थानीय बासिन्दाले बताए । यो अवधिमा खानपिनका लागि उच्च क्षेत्रका बासिन्दा पहिले नै जोहो गरेर राख्ने गरेका छन् ।

ताजा खबर