कमेडी किंग कपिल शर्मा बिवाहबन्धनमा...

२०७५ मङ्सिर २७ बिहीबार ०९:४५:०० मा प्रकाशित

काठमाडौ,२७ मंसिर । भारतका चर्चित कमेडियन कपिल शर्मा बिवाहबन्धनमा बाँधिएका छन् । ‘कमेडी नाइट्स विद कपिल’ र ‘द कपिल शर्मा शो’ का कारण दर्शकको मन जितेका कपिल शर्माले प्रेमिका गिन्नी चतरथसँग विवाह गरेका हुन् ।

उनले प्रेमिका गिन्नी चतरथसँगको लामो समयदेखिको प्रेमसम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । विवाह गिन्नीको होमटाउन जालन्धरमा भएको हो । पछिल्लो लामो समयदेखि पर्दाभन्दा बाहिर रहेका कपिल शर्मा आफ्नो विवाहका कारण फेरि एकपटक चर्चामा आएका छन् ।

जालन्धरको सिख परिवारकी गिन्नी र कपिल शर्माको पहिलो भेट २००५ मा भएको थियो । त्यती बेला कपिल २४ र गिन्नी १९ वर्षकी थिइन् । एक पत्रिकामा दिएको अन्तर्वार्तामा कपिलले भनेका थिए कि उनी खर्च जुटाउन थिएटरको निर्देशन गर्थे । यसका लागि उनी अलग–अलग कलेज गएर अडिशन लिने गर्थे ।

यही अडिशनका क्रममा कपिल शर्माको भेट गिन्नीसँग भएको थियो । गिन्नीको कामबाट आफू प्रभावित भएको कपिलले बताएका थिए । त्यो बेला गिन्नी रिहर्सलका क्रममा कपिलका लागि घरबाट खाना ल्याएर आउने गर्थिन् ।

अभिनेत्री बन्ने सपना देखेकी गिन्नी चतरथले २००९ मा स्टारवनको स्टैण्ड अप कमेडी कार्यक्रमका क्रममा ‘हँस बलिए’ मा भाग लिएकी थिइन् जसको हिस्सा कपिल शर्मा पनि थिए । 

ताजा खबर