फिल्ममा आउन अघि कुल्लीको काम गर्थे रजनिकान्त

२०७५ मङ्सिर २६ बुधबार १३:४७:०० मा प्रकाशित

काठमाडौं । दक्षिण भारतीय सुपरस्टार रजनिकान्तको आज जन्मदिन हो । उनी ६८ वर्ष अघि आजकै दिन जन्मिएका हुन् ।

अहिले उनको जति स्टारडम छ, चर्चित र सफल अभिनेता बनेका छन, त्यो सजिलै पाएका भने होइनन् । उनले दक्षिण भारतका गल्लीहरुमा कुल्ली र गाडीहरुमा सहचालक भएर काम गर्नु परेको थियो ।

सन् २००० पद्भूषण पाएका रजनिकान्त समर्थकका लागि भने भगवानजस्तै छन् । उनका समर्थकहरु दक्षिण भारतमा उनको फोटोमा दुध समेत चढाउने गरेका छन् । कतियय ठाउँमा त उनको फोटो पुज्ने गरिएको छ ।

१२ डिसेम्बर, १९६५ मा बेंगलोरमा जन्मिएका रजनिकान्तको बाल्यकाल दुःखमै बित्यो । शिवाजी राव गायकवाड नाम रहेका उनी चार दाजुभाइमध्ये कान्छा हुन् । सानै छदा उनकी आमाको मृत्यु भएको थियो । त्यसपछि उनले दैनिक चलाउन सबै काम गरे ।

दक्षिण भारतीय गल्लीहरुमा कुल्ली बनेर भारी बोके । दिनभरी सामान ओसार्न थाले । त्यसपछि गाडीमा सहचालक भएर काम गरे ।
गाडीमा काम गर्दा गर्दै उनी अभिनय सिक्न थाले । र मद्रास फिल्म इन्स्टिच्यूटबाट डिप्लोमा गर । त्यसपछि भने उनको कलाकारिता शुरु भयो ।

एक दिन नाटकमा अभियन गरिरहेको बेला बलिउड निर्देशक के.बालाचन्दरसँग भेट भयो । निर्देशक बालाचन्दरले उनलाई तमिल फिल्ममा अभिनय गर्न प्रस्ताव राखे । उनले अस्वीकार गर्ने कुरै थिएन् । सन् १९७५ मा तलिम फिल्म ‘अपूर्वा रागंगाल’मा डेब्यू गरे । त्यही फिल्मबाट उनले राष्ट्रिय पुरस्कार पाए । त्यसपछि रजनिकान्तले फर्केर हेर्नु परेको छैन ।

दक्षिण भारतीय फिल्मबाट बलिउड फिल्मतर्फ लागेका रजनिकान्त सफल अभिनेतामा दरिएका छन् । उनले दर्जनौ फिल्ममा अभिनय गरेका छन् । वर्षमा एक÷दुई फिल्ममा मात्रै काम गर्ने उनका सबै फल्म हिट भएका छन् ।

भरखरै रिलिज भएको ‘२.०’ फिल्मले त बलिउडका सबै रिकर्ड तोडेको छ । उनको यो फिल्म एक हजार करोड भारतीय रुपैयाँ कमाउने आंकलन गर्न थालिएको छ ।

ताजा खबर