हिट फिल्म दिन नसकेर संकटमा छन् यी बलिउड स्टार

२०७५ मङ्सिर २६ बुधबार १३:२१:०० मा प्रकाशित


काठमाडौं । बलिउड फिल्म इन्डस्ट्रीको बजार ठुलो भएका कारण पनि नायक तथा नायिकाहरुको आगमन र बहिर्गमन चलिरहेको हुन्छ ।

केहि नायकनायिका छोटो समय चलेर हराउँछन् भने केहिको प्रयास जिवनको उत्तराद्र्धमा मात्र सफल हुन्छ । केहि नायकनायिका जति बृद्ध भए उति हिट हुन्छन् । अभिताभ बच्चन, सल्मान खान, रेखा केहि उदाहरणमात्र हुन् ।

विशेषगरी फिल्मको छनौटले पनि चलचित्र कर्मीहरुलाई सफल बनाउने वा असफल हुने भन्ने निर्धारण गर्ने गरेको पाइएको छ । सन् २०१८ मा आयुष्मान खुराना, विक्की कौशल र कार्तिक आर्यान जस्ता स्टारहरु राम्रो चलचित्र छनौटको कारण हिट भए ।

तर बलिउडमा अहिले ठुला ब्यानरमा काम गर्ने र थरले साथ पाएका स्टारहरु करियर सकिने मोडमा पुगेका छन् । अबका दिनमा पनि राम्रा फिल्म छनौट गर्न नसकेमा करियर सकिने साँध रहेका स्टारहरु यि हुन् ।

१. अर्जुन कपुर

आफु भन्दा धेरै नै जेठी उमेरकी आइटम डान्सर मलाइका अरोरासँगको सम्बन्धले चर्चित अर्जुनको फिल्महरु निरन्तर खस्कँदो छ । ठुला ब्यानरका नमस्ते इंग्ल्याण्ड, मुबारका जस्ता उनको फिल्मले दर्शन नपाएपछि हिरो भएर अघि बढ्ने उनको सोचमा धक्का पुगेको छ ।

कपुर थरको साथ भएपनि स्टारडम पाउन नसकेका उनले जस्तोपनि फिल्म खेल्ने गरेकोले पनि दर्शकले उनलाई खासै साथ नदिएको विश्लेषण रहेको छ ।

२. परीनीति चोपडा

प्रियंका चोपडाकी बहिनी परीनीति पनि कलाकारीतामा तामझाम साथ आएपनि पछिल्ला समयमा हिट फिल्म दिने कुरामा सफल हुन सकेकी छ्रैनन् ।

चोपडा थरको कारण पनि प्रशस्त फिल्ममा अभिनय गर्न पाएकी उनले अर्जुन कपुरसँग नमस्ते इंग्ल्याण्डमा खासै कमाल देखाउन सकिनन् । मेरी प्यारी बिन्दु, गोलमाल अगेन जस्ता चलचित्रले पनि खासै अघि नबढाएका कारण छिट्टै नै गतिलो फिल्ममा नआएमा उनी सफल नायिकाको रुपमा उत्रिन सक्ने देखिएको छैन ।

३. आदित्य रोय कपुर

आशिकी २ को सफलता पछि खासै गतिलो फिल्ममा नदेखिएका आदित्यले पनि कपुर थरकै कारण फिल्महरु पाइरहेका छन् । ओके जानु र फितुर जस्ता चलचित्रले बक्स अफिसमा केहि गर्न नसकेपछि उनको आकर्षक लुक चलचित्रमा चल्दैन भन्ने विश्लेषण शुरु भइसकेको छ ।

स्क्रीप्ट छान्न असफल साबित भएका आदित्यको पनि बलिउड करियर संकटमा परेको चर्चा चल्न थालेको छ ।

४. सिदार्थ मल्होत्रा

स्टुडेन्ड अफ द एयर, एक भिलेन जस्ता सफल चलचित्रमा काम गरेपनि पछिल्लो समय इत्तेफाक, अइयारी जस्ता फिल्म डुबेसँगै यिनको पनि करियर डुब्ने संकेत देखा परेको छ ।

अझ बार बार देखो फ्लप नै भएपछि उनको करियर पनि ओरालो लागेको विश्लेषण गरिएको छ । तर उनको आउँदो फिल्म जबरिया जोडीमा भने धेरै आशा गरिएको छ ।

५. ज्याक्लीन फर्नान्डेज

आकर्षक नृत्य गर्ने सुन्दर नायिका ज्याक्लीनको पनि बलिउड करियर धर्मराएको देखिन थालेको छ । रेस २ ले उनको करियरलाई उकास्न सकेन भने जुडवाको २ मा पनि उनको एक्टीङले खासै चर्चा पाउन सकेन ।

यस्तोमा ज्याक्लीनले प्रमुख नायिका बन्ने राम्रा स्क्रीप्ट भएका चलचित्रमा काम नगरेसम्म उनको करियत औसतमै सकिने देखिएको छ ।

६. सोनाक्षी सिन्हा

दबंग चलचित्रले ह्वात्तै बलिउडको उच्च बिन्दुमा पुगेकी पूर्व स्टार शत्रुघ्न सिन्हाकी छोरी पछिल्लो समयका चलचित्रले ओरालो लाग्न थालेकी छिन् । उनको ह्याप्पी फिर भाग जायगी जस्ता चलचित्रले उनको नामलाई न्याय गर्न सकेको छैन । त्यस्तै नुर र इत्तेफाकको व्यापार पनि खासै नभएपछि उनलाई अहिले हिट फिल्म दिन जरुरी भइसकेको छ ।

यस्तोमा केहि समय लगाएर भए पनि गतिलो स्क्रीप्टमा उनले काम गर्नु पर्ने सल्लाहहरु उनलाई आइरहेको बताइएको छ । (एजेन्सीको सहयोगमा)

 

ताजा खबर