'मि टू'मा परेका साजिद खानलाई निर्देशक समूहबाट पनि हटाइयो

२०७५ मङ्सिर २६ बुधबार १२:४१:०० मा प्रकाशित

काठमाडौं । 'मि टू' अभियानको चपेटामा परेको बलिउड निर्देशक साजिद खान थप संटकमा परेका छन् ।

भारतमा चलिरहेको यौन दुर्व्यवहार विरुद्धको ‘मि टू’ अभियानमार्फत निर्देशक साजिदलाई थुप्रै महिलाहरुले दुर्व्यवहार गरेको आरोप लगाएका थिए । जसका कारण उनले ‘हाउसफुल ४’को निर्देशकबाट राजीनामा दिनु परेको थियो । त्यसयता उनी सार्वजनिक कार्यक्रममा समेत देखिएका छैन् ।

उनले फेरी अर्को झट्का लागेको छ । बलिउड निर्देशक समूहले पनि उनलाई त्यसबाट निलम्बन गरेको छ । उनलाई इन्डियन फिल्म एन्ड टेलिभिजन डाइरेक्टर (आईएफएटीडी)ले मंगलबार अबेर राती पत्र पठाएर निलम्बन गरेको जानकारी दिएको छ ।

आईएफएटीडीका प्रवक्ताले एक वर्षका लागि निलम्बन गरेको जानकारी दिएका छन । उनीमाथि लागेका आरोपका जाँच भइरहेकाले निलम्बन गरिएको जनाएको छ ।

बलिउड अभिनेत्रीहरु सिमरन सूरी, सलोनी चोपडा र अहाना कुमरासहित धेरै महिलाले साजिदमाथि यौन दुर्व्यवहारको आरोप लगाएका थिए । साजिद भने झुटा आरोप भएको बताउँदै आएका छन् ।

अभिनेत्री तनुश्री दत्ताले नाना पाटेकरमाथि यौन दुर्व्यवहारको आरोप लगाएपछि शुरु भएको मिटू अभियानले भारतमा केन्दीय मन्त्रीले समेत पद गुमाउनु परेको छ ।

भारतका प्रभावशाली व्यक्तिहरु अलोक नाथ, सुभाष कपूर, कैलाश खेर, अभिजीत भट्टाचार्य, रजत कपूर, सुभाष घई, साजिद खान, विकास बहल, मुकेश छाबडा, पियूष मिश्रा, शाम कौशल, चेतन भगत, विनोद दुआ, अनु मलिक, रोहित रॉय, रघु दीक्षित, वरुण ग्रोवर, विवेक अग्निहोत्री, गौरांग दोशी, सुहैल सेठसहित कयौं व्यक्तिमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ ।

ताजा खबर