विवाह पञ्चमीका लागि निजी विमानमा आए योगी आदित्यनाथ

२०७५ मङ्सिर २६ बुधबार ११:५९:०० मा प्रकाशित

जनकपुर, २६ मंसिर । विवाह पञ्चमी महोत्सवमा भाग लिन उत्तरप्रदशका मुख्यमन्त्री योगी आतिथ्यनाथ निजी विमानमा जनकपुर आएका छन् ।

उनी बुधबार बिहान जनकपुर विमानस्थ्लमा ओर्लिएका हुन् । विमानस्थ्लमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र नेपालका लागि भारतीय राजदूत मिञ्जवसिंह पुरीले स्वागत गरेका छन् ।

मुख्यमन्त्री आदित्यनाथ विमानस्थलबाट सिधै जानकी मन्दिर गएका हुन । उनले जानकी मन्दिरमा पूजापाठ गरेका छन् । मुख्यमन्त्री आदित्यनाथले आधा घण्टा पूजापाठ गरेको जनाएको छ ।

त्यसपछि उनी प्रदेश २ का मुख्यमन्त्री राउतसँगै मुख्यमन्त्रीको कार्यालय गएका छन् । उनी दिवाभोजमा सहभागि हुने छन् ।

मुख्यमन्त्री आदित्यनाथ आज दिउसो रंगभूमि मैदानमा आयोजना हुने सीतारामको विवाह स्वयंबरमा सहभागी हुने जानकी मन्दिर व्यवस्थापन समितिले जनाएको छ।

ताजा खबर