रजनीकान्तको ‘२.०’ले एक हजार करोड कमाउने आंकलन

२०७५ मङ्सिर २५ मंगलबार १४:१५:०० मा प्रकाशित

काठमाडैं । दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको ‘२.०’ फिल्मले एक हजार करोड कमाउने आंकलन गर्न थालिएको हो । यसले ११ दिनमा ६२० करोड भारतीय रुपैयाँ कमाइ गरेपछि एक हजार करोडको अनुमान गरिन लागेको हो ।

रजनीकान्तसँगै अक्षय कुमारको अभिनय रहेको ‘२.०’को समिक्षक र दर्शकले प्रशंसा गरेका छन् । यो फिल्मले भारतसँगै अन्य देशमा पनि राम्रो कमाइ गरिरहेको छ ।

यो फिल्म रिजल भएको ११ दिन पुग्दा मंगलबारसम्म सबै बलिउड फिल्मको रेकर्ड तोडेको छ । ‘पद्मावत’ र ‘सन्जु’लाई पछाडी छोड्दै ६२० करोड भारतीय रुपैयाँ कमाएको छ । सन्जुले ११ दिनमा ५४२ करोड र पद्मावतले ५६० करोड कमाएको थियो ।

यो फिल्म ६०० करोडमा बनेको थियो । यसले ११ दिनमै ६२० करोड कमाएर लगानी असुल गरिसकेको छ । समिक्षकहरुले यो फिल्म एक हजार करोड भारतीय रुपैयाँ कमाउने आंकलन गर्न थालेका छन् ।

ताजा खबर