हनिमुनका लागि प्रियंका चोपडा ओमानमा

२०७५ मङ्सिर २५ मंगलबार १३:३१:०० मा प्रकाशित

काठमाडौं । केही दिन अघि विहे गरेकी बलिउड अभिनेत्री प्रियंका चोपडा ओमान गएकी छन् ।

उनी पति निक जोसनसहित ओमान पुगेकी हुन् । हनिमुनका लागि ओमन पुगेको भारतीय मिडियाले जनाएका छन् ।

प्रियंका चार दिन अघि अनिल अम्बानीकी छोरी ईशाको ‘संगीत सेरमनी’मा देखिएकी थिइन् । त्यसयता उनी हनिमुनका लागि हिडेको चर्चा थियो । तर, उनी कहाँ गइन भन्ने खबर आएको थिएन् ।

उनले इन्स्टाग्राममा एक फोटो पोस्ट गरेपछि ओमान पुगेको खुलेको हो ।

उनले पोस्ट गरेको तस्विर समुद्रको किनारको हो । उनले बालुवामा एनजे (निक जोनस) र पिसिजे (प्रियंका चोपडा जोनस) लेखेकी छन् ।

प्रियंका र निकको १ र २ डिसेम्बरमा विहे भएको थियो । उनले हिन्दु र क्रिश्चियन रिवाज अनुसार बिहे गरेकी थिइन् ।

ताजा खबर