प्रसिद्ध तीन कविको जन्मोत्सव

२०७४ जेठ ३१ बुधबार ०७:१५:०० मा प्रकाशित

सरल संवाददाता - काभ्रे ,३१ जेठ । प्रसिद्ध तीन कविहरुको जन्मोत्सव विशेष कार्यक्रम गरी मनाइएको छ । युगकवि शिद्धिचरण श्रेष्ठ, जनकवि गोकुल जोशी र प्रथम गद्म कवि गोपालप्रसाद रिमालको जन्मोत्सव पारेर कार्यक्रमको आयोजना गरिएको   हो ।
महानन्द सापकोटा वाङ्मय प्रतिष्ठान र इन्द्रेश्वर क्याम्पसले संयुतm रुपमा कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेपाली लेखक संघका पूर्व अध्यक्ष नवराज लम्सालले वर्तमान साहित्यको बारेमा चर्चा गरेका थिए ।
उनले पछिल्लो पुस्तामा कवितालाई फेसनको रुपमा लिइए पनि त्यसको मर्मलाई भुल्दा पुराना स्रष्टाहरुको अपमान भएको बताए । साहित्यका आफ्ना धर्म र परम्परा हुने हुँदा रचना भएका सबै साहित्यले मुर्तरुप लिन नसकेको उनको भनाई थियो ।
हरेक वर्ष जेठ महिनामा यी तीन कविहरुको सम्झनामा कार्यक्रम गर्दै आएको महानन्द सापकोटा वाङ्मय प्रतिष्ठानका अध्यक्ष लक्ष्मण सापकोटाले जानकारी दिए ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक महेश पौडेल, साहित्यकार तर्कना शर्मा, लोकगायक मच्छेश्वर सापकोटा , इन्दे्रश्वर क्याम्पस प्रमुख श्रीकुमार सुवाल, अध्यक्ष विश्वनाथ ताम्राकार, प्राध्यापक संघ इन्द्रेश्वर क्याम्पस इकाई अध्यक्ष विश्वनाथ दाहाल, निर्भिक जंग रायमाझी, लगायतले कविहरुको बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा विभिन्न श्रष्टाहरुले रचना वाचन गरेका थिए । सोलुखुम्बु जिल्लामा रहेको छ हजार दुई सय मिटर अग्लो इमाजात्से हिमालको सफल आरोहण,तथा मेची महाकाली १ हजार २६ किलो मिटर दौड पुरा गरेका महानन्द सापकोटा वाङ्मय प्रतिष्ठानका अध्यक्ष लक्ष्मण सापकोटालाई सम्मान गरियो ।

ताजा खबर