इमरान हासमीको ‘चिट इन्डिया’मा नयाँ अवतार
२०७५ मङ्सिर २४ सोमबार १५:५०:००
मा प्रकाशित

काठमाडौं । प्रायः चुम्बन दिएका दृश्यमा देखिने बलिउड अभिनेता इमरान हासमी यस पटक भने फरक देखिएका छन् । उनको नयाँ फिल्म ‘चिट इन्डिया’को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ ।
यो फिल्मको सुटिङ चलिरहेको छ । यसको दोस्रो पोस्टर सोमबार सार्वजनिक गरिएको छ ।
जसमा बसिरहेका छन्, टीका लगाएर । हात जोडिरहेका उनी मुस्कुराइ रहेका पनि देखिन्छन् । उनको यो पोस्टर देखेर दर्शक पनि चकित परेका छन् । कितपयले हसिमजाक पनि गरेका छन् ।
उनको होम प्रोडक्सन कम्पनी इमरान हासमी फिल्म्स, इलिप्सिस इन्टरटेनमेन्ट र टी–सिरिजले यो फिल्म निर्माण गरेका हुन् ।
यसको ट्रेलर १२ डिसेम्बरमा सार्वजनिक गरिदै छ । यो फिल्म आगामी २५ जनवरीमा रिलिज हुने छ ।