साराको फिल्मले तीन दिनमा कमायो २७ करोड

२०७५ मङ्सिर २४ सोमबार ११:४४:०० मा प्रकाशित

काठमाडौं । सारा अलि खानको पहिलो फिल्म ‘केदारनाथ’ले राम्रो शुरुआत गरेको छ ।

शुक्रबार रिलिज भएको यो फिल्मले तीन दिमा २७ करोड ७५ लाख भारतीय रुपैयाँ कमाएको छ । यसको कमाई प्रत्येक बढ्दै गएको छ ।

शुक्रबार केदारनाथले सात करोड २५ लाख भारतीय रुपैयाँ कमाएको थियो । शनिबार बढाउँदै नौ करोड ७५ लाख भारतीय रुपैयाँ कमाएको थियो । आईतबार झन थपको छ । आईतबारको कमाई दश करोड ७५ रहेको बक्स अफिसले जनाएको छ ।

समिक्षकहरुले पनि केदारनाथको प्रशंसा गरेका थिए । तर, उत्तराखण्ड सरकारले प्रदर्शनमा रोक लगाइएको छ । 

यो फिल्ममा सारासँगै सुशान्तसिंह राजपूतको अभियन रहेको छ । यो फिल्म ३५ करोड भारतीय रुपैयाँमा बनेको थियो ।

ताजा खबर