कपिलको विहेमा बलिउडका दुई कलाकारलाई मात्रै निम्तो
काठमाडौं । बलिउड अभिनेत्रीद्वय दीपिका पादुकोण र प्रियंका चोपडापछि कमेडियन कपिल शर्माको बिहे चर्चामा छ ।
चर्चित कमेडियन कपिल १२ डिसेम्बरमा प्रेमिका गिन्नी चतरथसँग बिहे गर्दैन् । त्यसका लागि एक साता अघिदेखि नै तयारी शुरु भएको छ ।
कपिलको परिवारले बिहेमा आमन्त्रण गर्ने अतिथिहरुका लागि निमन्त्रणापत्र पठाइसकेका छन् । उनको विहेमा बलिउडका धेरै कलाकार भने देख्न नपाइने भएको छ ।
किनकी कपिलले बलिउडका दुई जना कलाकारलाई मात्र निम्तो पठाएको भारतीय मिडियाहरुले जनाएका छन् । उनले अभिनेता अमिताभ बच्चन र सलामान खानलाई मात्रै निम्तो दिएका छन् । उनीहरुलाई व्यक्तिगत रुपमा आमन्त्रण गरिएको जनाएको छ ।
कपिल अमिताभलाई खुब मन पराउँछन् । व्यक्तिगत रुपमा पनि यि दुईको सम्बन्ध राम्रो रहेको छ । कपिलको निम्तोलाई अमिताभले स्वीकारेको जनाएको छ ।
सलमान खानले पनि उनको निम्तो स्वीकारको जनाएको छ । कपिलले पुनः संचालन गर्न लागेको ‘द कपिल शर्मा शो’मा सलमानले लगानी गरेका छन् । उनीको सम्बन्ध पनि घनिस्ट रहेको जनाएको छ ।
अमिताभ र सलमान बाहेक अन्य बलिउड कलाकारलाई बिहेमा निम्तो नपठाएको जनाएको छ । उनीहरुलाई रिसेप्सनमा भने बोलाइएको छ ।