‘माधवी’ को सातौँ संस्करण, १ लाख रोयल्टी

२०७४ जेठ ३१ बुधबार २०:१०:०० मा प्रकाशित

काठमाडौँ, ३१ जेठ । वरिष्ठ आख्यानकार मदनमणि दीक्षितको लोकप्रिय उपन्यास ‘माधवी’ को सातौँ संस्करण प्रकाशित भएको छ ।

साझा प्रकाशनले साहित्यकार दीक्षितको उक्त उत्तरवैदिककालीन उपन्यासको नयाँ संस्करण बजारमा ल्याएको हो । यो संस्करण तीन हजार १०० प्रति बजारमा आएको साझाका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले जानकारी दिए ।

करिब चार दशकअघि साझाबाटै प्रकाशित करिब छ सय पृष्ठको सो कृतिका कतिपय संस्करण निजी क्षेत्रबाट प्रकाशन भएपनि स्थापित कृतिलाई साझाबाटै पुनःमुद्रण गर्ने वर्तमान व्यवस्थापनको योजनाअनुसार सातौँ संस्करण प्रकाशित भएको हो ।

यसैबीच, सो प्रकाशनले दीक्षितले पाउनुपर्ने रोयल्टी मध्ये रु एक लाख आज उनको निवास कालिकास्थानमा पुगी हस्तान्तरण गरेको छ । साहित्यकार दीक्षितले यति धेरै पारिश्रमिक एकैपटक यसअघि नपाएको भन्दै आज आफू प्रशन्न भएको प्रतिक्रिया दिए। रासस

ताजा खबर