मिस वर्ल्डको अन्तिम १२ बाट बाहिरिएपछि के भनिन् मिस नेपाल श्रृङ्खला खतिवडाले ?

२०७५ मङ्सिर २३ आइतबार ०६:३४:०० मा प्रकाशित

मिस वल्र्ड २०१८ उपाधि मेक्सिकोकी सुन्दरी भेनेसा पोन्स डी लिअनलार्इ
काठमाडौ,२३ मंसिर । मिस वल्र्ड २०१८ को ताज मेक्सिकोकी सुन्दरी भेनेसा पोन्स डी लिअनले पहिरेकी छन्। प्रतिस्पर्धी ११८ देशका सुन्दरीलाई पछि पार्दै २६ वर्षीय भेनेसाले विश्व सुन्दरीको उपाधि चुम्न सफल भएकी हुन्। उनलाई गत वर्षकी भारतकी विश्व सुन्दरी मानुषी छिल्लरले ताज पहिर्‍याएकी हुन्। रनरअपको उपाधि भने मिस थाइल्याण्ड निकोलिन लिम्स्नुकान जितेकी छन्।

मिस नेपाल शृङखला खतिवडा मिस वर्ल्ड २०१८ को अन्तिम १२ बाट बाहिरिएकी छिन् । चीनको सान्या सहरमा शनिबार सम्पन्न ६८ औं मिस वर्ल्ड प्रतियोगितामा २३ वर्षीय खतिवडाले ११८ देशका सुन्दरीलाई पछि पार्दै १२ औं स्थान ओगटेकी हुन्। एसियाबाट छानिएका दश देशमध्ये नेपाल, थाइल्याण्ड र न्युजिलेण्डमात्र टप १२ मा जान सफल भए ।

टप १२ मा परेसँगै  शृङ्खलाले नेपालले गरेको सपोर्टप्रति धन्यवाद दिन भुलिनन्। उनले भनिन्ः‘ मलाई ट्राललिङ र यड्भेन्चर गर्न मन पर्छ। नेपाल फर्किएर म सगरमाथा चढ्ने सोचमा छु।’

टप पाइभकालागि पाँच महादेशमा केरेमियनबाट जमैका, अमेरिकाबाट मेक्सिको, अफ्रिकाबाट युगान्डा, र एसियाबाट थाइल्याण्ड सफल भएका थिए। चीनको सान्यामा भइरहेको‘मिस वर्ल्ड’ प्रतियोगितामा शृंखला खतिवडाले दुई विधागत अवार्ड जितेकी छिन्। सोमबार साँझ भएको घोषणामा शृंखलाले ‘मल्टिमिडिया अवार्ड’ र ‘ब्युटी विद पर्पज’ जितेकी हुन्।

सामाजिक सञ्जालमा उपस्थिति, फलोअरको इंगजमेन्ट, क्रिएटिभ कन्टेन्ट र प्रभाव आदिलाई ध्यानमा राखी दिइने अवार्डमा शृंखलाले बाँकी प्रतिस्पर्धीलाई निकै पछाडि छाडेकी थिइन्। शृंखलाले फेसबुक, इन्स्टाग्राम, मोबस्टार, ट्वीटर, मोडल पावरलाइभ आदि सबै माध्यममा दमदार उपस्थिति जनाएकी थिइन्।

ताजा खबर