मिस वल्र्ड २०१८ को घोषणा आज हुँदै

२०७५ मङ्सिर २२ शनिबार ०९:०१:०० मा प्रकाशित

काठमाडौ,२२ मंसिर । मिस वर्ल्ड २०१८ को घोषणा आज हुँदैछ । नेपाली समयअनुसार बेलुकी पौने ५ बजे मिस वर्ल्डको अन्तिम नतिजा घोषणा हुन लागेको हो । मिस वर्ल्डको फाइनल मिस वर्ल्डको आधिकारिक युट्यूब च्यानलबाट हेर्न सकिन्छ ।

मिस वर्ल्ड प्रतियोगिता विश्वकै प्रतिष्ठित ब्यूटी प्याजेन्ट हो । चीनको सान्यामा भईरहेको मिस वल्र्डमा  २३ वर्षीया मिस नेपाल शृङ्खला  खतिवडा दाबेदार प्रतिस्पर्धी बनेकी छिन् । ६८ औँ संस्करणसम्म आइपुग्दा  ३६ वटा देशबाट मिस वर्ल्ड भैसकेका छन् ।

यस पटकको प्रतियोगितामा नेपाली प्रतिस्पर्धी तथा मिस नेपाल श्रृङ्खला खतिवडा पनि कडा दाबेदार मानिएकी छन् । शृङ्खलालाई शनिबार  दिउँसो ४ बजेसम्म भोट गर्न सकिनेछ ।

मल्टिमिडिया विधामा विजेता बन्दै फाइनल पुगेकी शृङ्खलाले मिस वर्ल्डको उपाधि जितिन् भने उनी भारतपछि मिस वर्ल्ड बन्ने पहिलो दक्षिण एसियाली प्रतिस्पर्धी बन्नेछिन् ।

अहिलेसम्म भारत, चीन, इजरायल र फिलिपिन्सबाहेक कुनै पनि एसियाली देशबाट मिस वल्र्ड बन्न सकेका छैनन् । मिस वर्ल्ड २०१८ मा १ सय २१ देशले सहभागिता जनाएका छन् ।

ताजा खबर