उत्तराखण्डमा ‘केदारनाथ’माथि प्रतिबन्ध
२०७५ मङ्सिर २१ शुक्रबार १४:१८:००
मा प्रकाशित

कामाठाडैं । भारतको उत्तराखण्ड सरकारले फिल्म ‘केदारनाथ’माथि रोक लगाएको छ ।
शुक्रबार पत्रकारसँग कुराकानी गर्दै उत्तराखण्ड सरकारका पर्यटनमन्त्री सतपाल महाराजले ‘केदारनाथ’लाई प्रदर्शनमा रोक लगाएको बताए । उत्तराखण्डको पर्यटकीय तथा धार्मिक स्थल केदारनाथको अपमान गरेकाले प्रतिबन्ध लगाएको उनको भनाइ छ ।
उनले जिल्लाका सुरक्षा तथा प्रशासनिक अधिकारीहरुलाई शान्ति व्यवस्था कायम गरिराख्न पनि निर्देशन दिएका छन् ।
उत्तराखण्ड सरकारले मन्त्री महाराजको नेतृत्वमा एउटा समिति गठन गरेको थियो । त्यहि समितिले गरेको सिफारिसको आधारमा ‘केदारनाथ’माथि रोक लगाएको हो । पुरै राज्यभरी फिल्मलाई प्रतिबन्ध गरिएको जनाएको छ ।
उत्तराखण्ड उच्च अदालतले बिहीबार फिल्मको रिलिजमाथि रोक लगाउन अस्वीकार गरेको थियो ।
यो फिल्ममा सारा अलि खान, सुशान्त सिंह राजपूतले अभियन गरेका छन् ।