मिका सिंह दुबईमा किशोरीलाई दुर्व्यवहार गर्दा पक्राउ परेपछि...

२०७५ मङ्सिर २१ शुक्रबार १२:३५:०० मा प्रकाशित

काठमाडौं । ब्राजिलियन किशोरीसँग यौन दुर्व्यवहार गरेको आरोपमा दुबईमा पक्राउ परेको बलिउड गायक मिका सिंह आज अदालतमा उपस्थित हुने भएका छन् ।

हिजो राती १७ वर्षीया ब्राजिलियन किशोरीसँग यौन दुर्व्यवहार गरेको आरोपमा दुबई प्रहरीले मिका सिंहलाई पक्राउ गरेको थियो । उनले हरकोसि गरेपनि दुबई प्रहरीले छोडेको थिएन ।

उनलाई दुबईको मुरक्काबात प्रहरी कार्यालयमा राखिएको थियो । उनले ब्राजिलियन किशोरीलाई आपत्तीजनक तस्विर पठाएको आरोप लगाइएको छ ।

उनी एक कार्यक्रमका लागि भारतबाट दुबई पुगेका थिए ।

तर, राती भारतीय राजदूत नवदीप सिंह सुरीको पहलमा राती ११ः३० बजे दुबई प्रहरीले छोडेको थियो । त्यसका लागि पनि प्रहरीले सर्त राखेको थियो, आज अदालतमा उपस्थित हुनु पर्ने ।

त्यही अनुसार, उनी आज दुबईस्थित स्थानीइ अदालतमा उपस्थित हुन लागेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

मिका सिंह यस अघि पनि पटक पटक विवादमा आएका थिए । यस अघि उनले सन् २०१५ मा एक डाक्टरमाथि दिल्लीमा हात उठाएका थिए । जसमा पक्राउ पनि गरिएको थियो । पछि माफी मागेपछि छोडिएको थियो ।

त्यस्तै, सन् २०१४ मा उनीमाथि हिट एन्ड रनको मुद्दा दर्ता भएको थियो । उनले एक अटोरिक्सालाई गाडीले हानेका थिए । त्यस्तै, सन् २००६ मा राखी सावन्तलाई जबजस्र्ती चुम्बन गरेको आरोपमा पनि उनीमाथि मुद्दा दर्ता भएको थियो ।

 

ताजा खबर