प्रियंका चोपडालाई जित्दै दीपिका पादुकोण अगाडि लागिन्

२०७५ मङ्सिर २१ शुक्रबार ११:४०:०० मा प्रकाशित


काठमाडौं । बलिवुडका नायिकाद्वय प्रियंका चोपडा र दीपिका पादुकोण हालसालै आफ्नो विवाहको कारण चर्चाको शिखरमा छन् । यि दुई सुन्दर नायिकामध्ये को बढि चर्चित र सुन्दर भन्ने अनौपचारिक प्रतिस्पर्धा पनि रहने गरेको छ ।

तर हालै जारी भएको एसियाली महिला मध्येकी सुन्दरी २०१८ (सेक्सीयस्ट एसियन वुमन २०१८ ) को सूची अनुसार दीपिका पादुकोण अगाडि देखिएकी हुन् ।

मिडियामा आएको समाचार, भोट, प्रभाव र कामको आधारमा उक्त सूची बनाएको बताइएको छ । यो सूची बेलायत स्थित इष्टर्न आइ विक्लीले सार्वजनिक गर्ने गरेको छ । पहिलो नम्बरमा दीपिका रहेकी छिन् भने दोश्रो नम्बरमा प्रियंका रहेकी छिन् ।

तेश्रो र पाँचौ स्थानमा टेलिभिजनकी नायिकाद्वय निया शर्मा र शिवांगी जोशी छिन् भने चौथो स्थानमा माहिरा खान रहेकी छिन् । अघिल्लो वर्ष भने प्रियंका चोपडा यो सूचीको पहिलो स्थानमा थिइन् । (एजेन्सीको सहयोगमा)

 

ताजा खबर