साराको ‘आँख मारे’ गीतले मच्चायो तहल्का

२०७५ मङ्सिर २० बिहीबार १३:४३:०० मा प्रकाशित

काठमाडौं । बलिउड निर्देशक रोहित शेट्टीको नयाँ फिल्म ‘सिंबा’को ट्रेलरसँगै पहिलो गीत रिलिज भएको छ । ट्रेलरभन्दा बढी गीतले तहल्का मच्चाएको छ ।

बिहीबार बिहान रिलिज भएको सिंबाको गीत हो, ‘आँख मारे ।’ यो गीत रिलिज भएसँगै भाइरल भएको छ ।

गीतमा सारा अली खान र रणवीर सिंहको अभिनय रहेको छ । यसमा गीतमा शुरुआतमा रणवीर र साराको भेट हुन्छ । त्यसपछि करण जौहर आइपुग्छन् ।

त्यसपछि यसमा आइपुग्छन, अरशद वारसी, श्रेयस तलपड़े, तुषार कपूर र कुणाल खेमू । सबै यसमा मज्जाले नाचेका छन् ।

यो गीत मीका सिंह र नेहा कक्कडले गाएका छन् । शब्बीर अहमदले लेखेको यो गीतलाई तनिष्क बागचीले कम्पोज गरेका छन् ।

ताजा खबर