कपिल शर्मा शोको सुटिङ शुरु

२०७५ मङ्सिर २० बिहीबार १३:०९:०० मा प्रकाशित

कामठाडौं । कमेडियन कपिल शर्माको कार्यक्रम पुनः संचालन हुने भएको छ । ‘द कपिल शर्मा शो’को सुटिङ सुरु भएको छ ।

मुम्बईको फिल्मसिटीमा हिजोदेखि ‘द कपिल शर्मा शो’को सुटिङ शुरु गरिएको हो । पूजापाठ गरेर सुटिङ शुरु गरिएको छ ।

यो पटक कपिलसँगै सलमान खान यो कार्यक्रमका निर्माता रहेका छन् । कपिलसँगै सलमान खानको कम्पनी एसके प्रोडक्सन हाउसको पनि तस्विरहरु सार्वजनिक गरिएको छ ।

यो कार्यक्रम पनि पहिले जस्तै हुने जनाएको छ । यसमा उनीसँगै सुमोना चक्रवर्ती पनि कार्यक्रममा देखिने छिन् ।

छिट्टै प्रसारण हुने कार्यक्रमको पहिलो अतिथि सलमान खान नै हुने जनाएको छ । सलमानसँगै पहिलो कार्यक्रम सुटिङ भएको छ ।

ताजा खबर