सलमान खान र विराट कोहली सबैभन्दा धेरै कमाउने भारतीय

२०७५ मङ्सिर २० बिहीबार १२:३६:०० मा प्रकाशित


काठमाडौं । फोब्र्स म्यागजीनले सबैभन्दा धेरै कमाउने १०० भारतीयको सूची सार्वजनिक गर्दा सलमान खान अग्र स्थानमा रहेका छन् ।

विज्ञापन तथा फिल्मको कमाइले उनलाई धेरै कमाउने व्यक्ती बनाएको देखिएको छ । बलिवुडमा अझै पनि सलमान खानको स्टारडम बाँकि रहेकोले उनले फिल्म खेलेबापत पाउने पारिश्रमीक पनि आकर्षक छ । उनले करिब २ अर्ब ५४ करोड भारु कमाएको फोब्र्सले जनाएको छ ।

त्यस्तै दोश्रो स्थानमा क्रिकेटर विराट कोहली रहेका छन् । २ अर्ब २८ करोड भारु कमाएका उनी भारतीय क्रिकेट टोलीका कप्तान पनि हुन् । यो सँगै कोहली सबैभन्दा धेरै कमाउने भारतीय खेलाडी पनि बने । विज्ञापन तथा तलबकै कारण पनि कोहलीले ठुलो रकम कमाउन सफल भएका हुन् ।

सूचीमा रहेकाहरुको अक्टोबर १, २०१७ देखि सेप्टेम्बर ३०, २०१८ सम्मको विवरण समावेश भएको फोब्र्सले जनाएको छ ।

धेरै कमाउनेको सूची अक्षय कुमार तेश्रो स्थानमा छन् । उनले यो अवधिमा १ अर्ब ८५ करोड भारु कमाए ।

त्यस्तै धेरै कमाउनेको सूचीमा चौथो स्थानमा रहेकी नायिक दीपिका पादुकोणले करिब १ अर्ब १३ करोड कमाएकी छिन् । यो सँगै उनि सबैभन्दा धेरै कमाउने महिला पनि बन्न सफल भइन् ।

त्यस्तै यस सूचीमा ११ औं स्थानमा रहेका एआर रहमान संगीत कर्मीहरु मध्ये धेरै कमाउनेमा दरिएका छन् । उनले करिब ६७ करोड भारु कमाएका छन् । (एजेन्सीको सहयोगमा)

 

 

ताजा खबर