डिजे र लाउडस्पिकर चर्को स्वरमा बजाउन नपाइने

२०७५ मङ्सिर १९ बुधबार १३:४५:०० मा प्रकाशित

नेपालगञ्ज, १९ मंसिर । नेपालगञ्जमा अबदेखि चर्को स्वरमा लाउडस्पिकर र डिजे बजाउन नपाइने निर्णय गरिएको छ ।

नेपालगञ्जमा भएको सर्वपक्षीय बैठकले यस्तो सहमति गरेको बाँके जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बैठकमा सहभागी धर्मगुरु, राजनीतिक दलका पदाधिकारी, अधिकारकर्मी, नागरिक समाजका अगुवा, प्रहरी र सरोकारवाला पक्षबीच मठमन्दिर, मस्जिद, चर्च, गुरुद्वारा, विवाह, भोजभतेर तथा अन्य कुनै पनि प्रकारका कार्यक्रममा आप्mनो क्षेत्रभन्दा बाहिर सुनिने गरी लाउडस्पिकर र डिजे बजाउन नपाइने सहमति भएको हो ।

प्रमुख जिल्ला अधिकारी मदन भुजेलको अध्यक्षतामा बसेको बैठकमा सहभागीले चर्को स्वरमा बजाइने गरेको लाउडस्पिकर र डिजेले विद्यालय, अस्पताल, घरपरिवारलगायत सबै क्षेत्रमा नकारात्मक प्रभाव परेकाले यसलाई रोक्नुपर्नेमा सहमति जनाएका थिए ।

ताजा खबर