त्रिभूवन विश्वविद्यालयमा तालाबन्दी

२०७५ मङ्सिर १९ बुधबार १३:२१:०० मा प्रकाशित

काठमाडौ., १९ मंसिर । त्रिभूवन विश्वविद्यालयको पदाधिकारी कक्षमा विद्यार्थीले तालाबन्दी गरेका छन् । सम्बन्धनको विषयलाई लिएर विद्यार्थीले ताला लगाएका हुन् ।

उनीहरुले कीर्तिपुरस्थित उपकुलपति, शिक्षाध्यक्ष र योजना निर्देशनालयका प्रमुख कार्यकक्षमा नेपाल विद्यार्थी संघ निकटका विद्यार्थीले ताला लगाएका हुन् ।

ब्याचलर अफ कम्प्युटर अप्लिकेशन (बिसिए) लगायत केही विषयमा सम्बन्धन दिँदा मापदण्ड नपु¥याई आंगिक, सामुदायिक र निजी क्याम्पसलाई सम्बन्धन दिएको विरोधमा ताला लगाएको संघका त्रिवी एकाइका जगदिश भट्टले बताए ।

त्रिविले हालै ११६ क्याम्पसमा विसिएलगायत अन्य विषयमा सम्बन्धन दिएकामा त्यसको खारेजीको माग गरेका हुन् । सम्बन्धन दिएको विषयको खारेज नभएसम्म ताला यथावत रहने जनाएको छ ।

तालाबन्दीका कारण कामकाज रोकिएको योजना निर्देशनालयका कार्यकारी निर्देशक प्रा.डा. ऋदिशकुमार पोखरेलले बताए ।

ताजा खबर