‘मी टू’मा परेका अभिनेता आलोक नाथ फरार

२०७५ मङ्सिर १९ बुधबार १२:५४:०० मा प्रकाशित

काठमाडां । ‘मी टू’मा परेका बलिउड अभिनेता आलोक नाथ भागेका छन् । मुम्बइ प्रहरीले उनको खोजी गरिरहेको भएपनि भेटाउन सकेको छैन् ।

भारतीय अखबार ‘मिड–डे’को रिपोटअनुसार, अभिनेता आलोकको घरमा कोही भेटिएका छैनन् । मुम्बई प्रहरीले बयानका लागि पूर्जी जारी गरेपनि कसैलाई भेटेको छैन् ।

प्रहरीको टोली बयानका लागि पूर्जि लिएर उनको घरमा गएको थियो । तर, पूर्जि बुझ्ने मान्छे कोही नभेटेपछि त्यसै थन्किएको छ । मुम्बईको ओसिवारा प्रहरीका अनुसार, फेरी प्रहरी टोली उनको घरमा जाने तयारी गरेको छ ।

उनको बयान लिन नसकिएपछि उनीमाथिको मुद्दा अगाडी बढ्न सकेको छैन ।

अभिनेता आलोकमाथि यौन दुर्व्यवहारविरुद्धको ‘मी टू’ अभियानमार्फत लेखक एवं निर्देशक बिन्टा नन्दाले बलात्कारको आरोप लगाएकी थिइन् । दश वर्ष अघि मदिरा सेवन गरेर आफू बेहोस रहेका अवस्थामा आफ्नै घरमा आलोक नाथले बलात्कार गरेको उनको आरोप थियो ।

‘मी टू’ अभियानमातर्फ भारतमा थुप्रै लेखक, पत्रकार, सम्पादक तथा कलाकारले पद गुमाउनु परेको छ । त्यसैमध्ये आलोक नाथ पनि एक हुन् । उनीमाथि मुद्दा दर्ता भइसकेको छ ।

आलोकका एक नातेदारले उनी जरुरी कामले मुम्बइभन्दा बाहिर गएको बताएका छन् । उनी केही दिनमा मुम्बई फर्किने र त्यसपछि प्रहरी कार्यालय जाने उनको भनाइ छ ।

ताजा खबर