फिल्मको प्रभावमा अदालतको निर्णय ?

२०७५ मङ्सिर १९ बुधबार १२:०७:०० मा प्रकाशित


काठमाडौं । नोयडामा सन् २००८ मा भएको १३ वर्षिय बालिका आरुषी तल्वार र हेमराज बन्जाडेको हत्याकाण्डको विषयमा अलाहवादको उच्च अदालतले गरेको निर्णयमा प्रभाव रहेको चर्चा चलिरहेको छ । हेमराज भने तल्वारको घरमा काम गर्ने नेपाली नागरिक हुन् ।

९ वर्ष चलेको यस मुद्दामा उपलब्ध प्रमाणहरुको आधारमा भारतीय सिबिआईले आरुषीका आमाबुवा नुपुर र राजेश तल्वारले नै हत्या गरेको निष्कर्ष निकालेको थियो । सिबिआईले उच्च अदालतको उक्त निर्णय विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गरिसकेको छ ।

यस घटनाको विषयलाई लिएर ‘तल्वार’ नामक फिल्म बनाएकी निर्देशक मेघना गुज्लार भने फिल्मले यस काण्डको विषय वस्तुलाई हेर्ने दृष्टिकोणलाई केहि हदसम्म प्रभाव पारेपनि अदालतको निर्णयमा फिल्मको कुनै प्रभाव नभएको बताएकी छिन् ।

गुल्जार भन्छिन्, ‘हाम्रो न्यायपालिका कुनै आग्रह बिना नै संचालन हुन्छ । उनिहरुले पनि हामीले जस्तै यस घटनासँग सम्बन्धीत तथ्यहरु गहिरिएर हेरे र निष्पक्ष निर्णय गरेका छन् । ’

गुल्जारले सन् २०१५ मा इरफान खान, कोनकोना सेन र निरज काबीको मुख्य भुमिकामा उक्त फिल्म बनाएकी थिइन् । धेरैले फिल्मको शिषृक तल्वार भएकोले पनि तल्वार परिवार प्रति यो फिल्मको झुकाव रहेको धारणा व्यक्त गरेका थिए ।

उक्त फिल्ममा प्रमुख भुमिकामा रहेका इरफान खानले आरुषी र हेमराजको हत्या तल्वार जोडीले नगरेर नेपाली कामदारले गरेकोमा जोड दिएका थिए भने अन्य प्रहरी अधिकारीको भुमिकामा रहेकाहरुले तल्वार दम्पत्ती नै दोषी रहेको भन्ने देखाएको थियो ।

प्रहरीको वास्तवीक अनुसन्धानमा भने प्रमाण नष्ट गरेको, खराब चरित्र भएको र हत्याको प्रवृत्ति देखेर पनि तल्वार दम्पत्ती नै दोषी रहेको निष्कर्ष निकालेको थियो । (एजेन्सीको सहयोगमा)

 

 

 

ताजा खबर