‘जिन’ सम्पादन गर्ने चिनियाँ वैज्ञानिक पक्राउ ?

२०७५ मङ्सिर १८ मंगलबार १३:०१:०० मा प्रकाशित

 काठमाडौं । विज्ञानको ठूलो उपलब्धी बताउँदै पहिलो पटक दुइवटा मानव भ्रुणको वंशाणु (जिन) को सम्पादन गरि बच्चा उत्पादन गर्न सफल भएको दाबी गर्ने चिनियाँ वैज्ञानिक हे जियानकुइ अकस्मात हराएका छन् । उनलाई चिनियाँ अधिकारीले पक्राउ गरेको खबरहरु बाहिरिएको छ ।

जियानकुइले अघिल्लो साता हङकङमा क्रिश्पर प्रविीधबाट मानव जिनको सम्पादनको प्रयोग गरेको बारे एक कार्यक्रममा प्रस्तुती दिएपछि चिनियाँ अधिकारीहरुले यसको निन्दा गरेका थिए । त्यस लगत्तै उनी हराएको खबर आएको छ ।

उनी पूर्व कर्मचारी रहेको शेन्जन विश्वविद्यालयका प्रवक्ताले अहिले जियानकुइबारे कुनै सूचना नभएको र केहि सूचना आएमा आधिकारीक माध्यमबाट यस बिषयमा जानकारी दने बताएका छन् ।

शेन्जन विश्वविद्यालयका अध्यक्षले नै उनलाई पक्राउ गरि फर्काउन लगाएको चीनको स्थानिय समाचार संस्थाहरुको दाबी रहेको छ ।

जियानकुइले केहि समयअघि आफुले जिन सम्पादन गरि बच्चाको उत्पादन गराएको खबर बाहिरिएसँगै यस विषयमा विश्वकै ध्यानाकर्षण भएको   थियो । कतिपयले यसलाई गलत कार्य भनिरहेका छन् । यस्ता बच्चाहरुको गुण कस्तो हुने र त्यसपछिका बच्चा कस्तो हुने भन्ने कुनै यकिन नभएकोले यो अनुसन्धान नै गलत भएको दाबी गरिएको छ । (एजेन्सीको सहयोगमा)

ताजा खबर