कपिल शर्माको विहेको तयारी शुरु

२०७५ मङ्सिर १८ मंगलबार १२:१५:०० मा प्रकाशित

काठमाडौं । बलिउड अभिनेत्री दीपीका पादुकोण र प्रियंका चोपडापछि कमेडियन कपिल शर्माको विहेको तयारी शुरु भएको छ ।

भारतीय मिडियाहरु एक महीनायता बिहेकै खबरले रंगिएका छन् । दीपिका र प्रियंकापछि कपिल शर्माको बिहेको खबरले भारतीय मिडियामा प्राथमिकतासाथ आएको छ ।

कमेडियन कपिल शर्मा १४ डिसेम्बरको प्रेमिका गिन्नी चतरथसँग बिहे गर्दै छन् । उनले बिहेको तयारी शुरु गरेका छन् ।

दुवै परिवार घरको सजावटमा लागेका छन् । उनीहरुको घरमा धार्मिक परम्पराअनुसार, तयारी थालिएको जनाएको छ ।

कपिलले पनि आफ्नो बिहेको निमन्त्रणापत्र इन्स्टाग्राममा पोस्ट गरेका छन् ।

ताजा खबर