नेपाल–जापान सिधा उडानको लागि जापानी सहयोग रहने

२०७५ मङ्सिर १८ मंगलबार ११:४५:०० मा प्रकाशित


काठमाडौं, १८ मंसिर । नेपाल र जापानी टोलीका उच्च पदाधिकारी बिच सोमबार नेपाल–जापान हवाइ सम्बन्धको विषयमा कुराकानी भएको छ ।

नेपालको प्रतिनिधीत्व नेपाल वायुसेवा निगम (नेवानि) का कार्यकारी अध्यक्ष मदन खरेलले गरेका थिए भने जापानको प्रतिनिधित्व ओसाका विमानस्थलको एसिया क्षेत्र हेर्ने निर्देशक इमानुएल् मानेन ताउले गरेका थिए ।

एक विज्ञप्ती जारी गरि निगमले उक्त भेटघाटमा नेपाल–जापान हवाइ सम्बन्धको विषयमा कुराकानी भएको बताएको छ । सो क्रममा जापानी प्रतिनिधीमण्डलले निगमलाई नेपाल–जापान सिधा उडान पुनः संचालन गर्न सहयोग गरिने प्रतिबद्धता व्यक्त गरेको पनि बताइएको छ ।

जापान जस्ता लामो दुरीको यात्रा गर्न भन्दै निगले २ वडा वाइडवडी जहाज खरिद गरेको भएपनि समयमै तयारी गरिएको थिएन । सोही कारण ति ठुला जहाज साना दुरीका गन्तव्यमा यात्रा गर्दै घाटामा संचालन गर्नुको विकल्प निगमसँग नभएपछि व्यापक आलोचना भइरहेको छ ।

जापानको हानिदा एयरपोर्ट पछि ओसाका विमानस्थल आकर्षक र महत्वपूर्ण भएको पनि नेवानिले हवाइ शुरु गरे पश्चात निगमका उडान उपलब्धिमुलक हुने पनि जापानी प्रतिनिधि मण्डलले बताएका छन् ।

 

ताजा खबर