यस्तो छ ‘समर लभ’को पहिलो गीत

२०७५ मङ्सिर १८ मंगलबार ११:११:०० मा प्रकाशित

काठमाडौं । युवा पुस्तामाझ चर्चित उपन्यास ‘समर लभ’मा बनेको फिल्मको पहिलो गीत सार्वजनिक भएको छ ।

सुविन भट्टराईको उपन्यास ‘समर लभ’मा बनेको यस फिल्मको पहिलो गीत ‘साया’ सार्वजनिक गरिएको हो । यो गीतमा आशिष पिया र रेवती क्षेत्रीले अभियन गरेका छन् ।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतलाई पुष्पन प्रधानले स्वर दिएका हुन् ।

यो फिल्म २५ माघमा सार्वजनिक हुँदै छ । फिल्ममा आशिष, रेवती, सुरज सिंह ठकुरी, सरोज खनाल, ओमप्रतिक, नम्रता सापकोटा र शिशिर भण्डारीको अभियन रहेको छ ।

">http://

 

ताजा खबर