मेनुकाको ‘सजाको छु’ सार्वजनिक

२०७४ श्रावण १७ मंगलबार १६:१०:०० मा प्रकाशित

काठमाडाैं, १७ साउन । नेपाल आइडलको सांगीतिक प्रतियोगितामा ११ औं स्थानमा पर्न सफल मेनुका पौडेलको ‘सजाको छु’ बोलको गीत सार्वजनिक भएको छ । मेनुकाको यो गीत युटुब मार्फत सोमबार सार्वजनिक भएको हो ।

पवित्रा राईको शब्द रहेको गीतलाई रमेश संग्रौला निर्देशन गरेका छन्। गीतमा संगीत संयोजन राजु कार्कीको छ । नेपाल आइडलमा सहभागी भएर आफ्नो प्रतिभाबारे धेरै दर्शकमाझ राख्न पाएकोले नयाँ गीत गाउने प्रस्तावहरू आइरहेको मेनुकाले सरल पत्रिकालाई बताइन् ।
 

ताजा खबर