श्रृंखला ‘मिस वर्ल्ड २०१८’ को टप ३० मा प्रवेश गर्न सफल

२०७५ मङ्सिर १८ मंगलबार ०७:३३:०० मा प्रकाशित

काठमाडौ,१८ मंसिर । मिस नेपाल श्रृंखला खतिवडा चीनको सान्या सहरमा जारी मिस वर्ल्ड २०१८ को टप ३० मा प्रवेश गरेकी छन् । केन्या र मेक्सिकोका सुन्दरीलाई मल्टिमिडिया अवार्डमा उछिन्दै नेपाली सुन्दरी श्रृंखलाले आफूलाई टप ३० भित्र पार्न सफल भएकी हुन् ।

चीनको सान्यामा भइरहेको मिस वर्ल्ड २०१८ मा सहभागी श्रृंखला पहिलो राउन्डमा भएको हेड टु हेड च्यालेन्ज अन्तरगत समूह १३ मा लक्जेम्बर्ग, बोस्निया एन्ड हर्जगोभिना, गुयाम र माल्दोभाकी सुन्दरीलाई हराउँदै अघि बढेकी थिइन् । 

त्यसपछि टप ३० का लागि भएको हेड टु हेड च्यालेन्जमा उनी सिंगापुरकी सुन्दरीसँग पराजित भएपछि टप ३० मा प्रवेश गर्न असफल भएकी थिइन् । तर सोमबार भएको प्रतिस्पर्धामा मिस मल्टिमिडिया र ब्युटी विद द पर्पोज अवार्ड जित्दै मिस वर्ल्डको टप ३० मा पुगेकी हुन् ।

हेड टु हेड च्यालेन्जमा सिंगापुरकी सुन्दरीसँग पराजित भएर टप ३० मा पुग्ने अवसर गुमाएकी श्रृंखलालले अन्ततः मल्टिमिडियातर्फ बाजी मार्दै टप ३० मा पुग्न सफल भइन् ।

ताजा खबर