अब भक्तको काखमा बस्दिनँ, जथाभावी नाच्दिनँ: राधे माँ

काठमाडौं । राधे माँका नामले चर्चित सुखविन्दर कौरमाथिको कारवाही हटाइएको छ । उनले लिखित रुपमा माफी मागेपछि जूना अखडाले उनीमाथि गरेको कारवाही फिर्ता लिएको हो ।
कारवाही हटेसँगै राधे माँ कुम्भ मेलाका लागि जुना अखडा पुगेकी छन् । उनको महामण्डलेश्वर उपाधि पनि फिर्ता दिइएको छ । उनीमाथि बिभिन्न आरोप लागेपछि जुना अखडाले निलम्बन गर्दै महामण्डलेश्वर उपाधी खोसेको थियो ।
अब उनी पुरानै महामण्डलेश्वर उपाधि सहित जुना अखडामा काम गर्न सक्ने भएकी छन् । यसका लागि भने उनले लिखित रुपमै संयम हुने प्रतिबद्धता गरेकी छन् ।
जुना अखडाका अनुसार, उनले भक्तहरुका काखमा नबस्ने वाचा गरेकी छन् । उनले भनेकी छन, ‘अब पहिले जसरी भक्तहरुका काखमा बस्ने, चुम्बन गर्ने, अंगालो हाल्ने गर्ने छैन ।’
उनले अर्का शर्तमा पनि मञ्जुरी जनाएकी छन् । जसमा जथाभावी ननाच्ने बताएकी छन् । ‘जथाभावी नाच्ने, गाउँने गर्ने छैन’ उनले भनेकी छन् ।
यस अघि उनी भक्तहरुसँग रमाइलो गर्दै नाच्ने गाउँने गर्दै आएकी थिइन् । पार्टी तथा समारोहहरुमा आइटम गीतहरुमा समेत नाच्ने गरेकी थिइन् ।
त्यस्तै, भक्तहरुका काखमा बस्ने, अंगालो हाल्ने, चुम्बन गर्ने उनको नियमित क्रियाकलाप जस्तै भएको थियो । तर, यस भने उनले माफी मागेकी छन् ।
उनको निलम्बन फुकुवासँगै २५ डिसेम्बरमा हुने कुम्भ मेलामा सहभागि हुने भएकी छन् ।
यससँगै कुम्भ मेलामा हुने तीन शाही स्नानमा पनि सहभागि हुने छिन् । जुना अखाडाको महामन्डलेश्वरको रुपमा उनले अन्य सुविधा पनि पाउने भएकी छन् ।
उनीमाथि गरिएको कारवाही फुकुवा भएको र सफाइ दिएको जुना अखडाका संरक्षक महन्त हरि गिरीले बताए । महन्त गिरीसहितको टोलीले छानविन गरेको थियो । तर, उनका विरुद्ध कुनै पनि गम्भीर आरोप नभएको र अपराधिक मुद्दा पनि नरहेको अखडाले जनाएको छ ।
महन्त गिरीले भने, ‘राधे माँका बारेमा धेरै टोलीले छानविन गरेको छ । कुनै पनि टोली गम्भीर गल्ती भेटेको छैन ।’ उनलाई ६ वर्ष अघि जुना अखडाले निलम्बन गरेको थियो ।
यस्तो गर्थिन राधे माँ
">http://