प्रियंकाले बिहे अघि यसरी मनाएकी थिइन खुशीयाली

२०७५ मङ्सिर १७ सोमबार १२:४१:०० मा प्रकाशित

काठमाडौं । बलिउड अभिनेत्री प्रियंका चोपडा र निक जोनसले २ डिसम्बरमा बिहे गरेका छन् ।

क्रिस्चियन परम्पराअनुसार, निकका बुवाले बिहे गराएका थिए । तर, यतिबेला भने बिहे अघिको कार्यक्रमका तस्विर सार्वजनिक भएका छन् ।

बिहेको दुई दिन अघि प्रियंकाको ‘संगीत सेरेमनी’ भएको थियो । जसमा उनीसँगै उनका परिवारजन समेत झुमेका थिए ।
यसमा प्रियंका उनकी आमा मधु, बहिनी परिणिती, भाइ सिद्धार्थले पर्फमेन्स गरेका थिए । यसका लागि भव्य स्टेज नै सजाइएको थियो । उनीहरुले स्टेजमै पुगेर नृत्य गरेका थिए ।

त्यस्तै, निक र उनका परिवारजनले पनि साथ दिएका थिए । दुवैका आफन्तजन र अतिथिहरु समेत मज्जाले नाचेका थिए ।

प्रियंकाले यसका तस्विर सार्वजनिक गर्दै लेखेकी छन्, ‘यो सबै परिवारजनबीच प्रतिस्पर्धाका रुपमा शुरु भयो र सदा झै प्रेमपूर्वक सम्पन्न भयो । निक र म विहे पूर्वको प्रारम्पाकि संगीतको प्रतिक्षा गरिरहेका थियौं । दुवै परिवारले तयार गरेको यो कार्यक्रम अद्भूत थियो । दुवै परिवारले संगीत र नृत्यका माध्यमबाट हाम्रो प्रेमलाई प्रस्तुत गरे जुन धेरै रमाइलो थियो । परिवारको माया र मुस्कानका लागि हामी आभारी छौं । यो साँझ बाचुञ्जेल यादगार रहने छ । आभार ।’

ताजा खबर