चार दिनमै एक सय करोड नजिक पुग्यो २.० फिल्म

२०७५ मङ्सिर १७ सोमबार १२:१८:०० मा प्रकाशित

काठमाडौं । रजनीकान्त र अक्षय कुमार अभिनित फिल्म २.० एकसय करोड नजिक पुगेको छ ।

यो फिल्मले चार दिनमा ९५ करोड भारतीय रुपैयाँ कमाएको छ । यो फिल्म बिहीबार रिलिज भएको थियो ।

पहिलो दिन २० करोड २५ लाख कमाएको थियो भने दोस्रो दिन शुक्रबार १८ करोडमा झरेको थियो । तेस्रो दिन शनिबार २५ करोड कमाएको फिल्म २.० ले आईतबार चौथो दिन भने ३४ करोड भारतीय रुपैयाँ कमाएको छ ।

यो भारतमा भएको कमाई हो । विदेशमा पनि यसले तहल्का मच्चाएको छ । यो संसारभरी सात हजार स्क्रिनमा रिलिज भएको थियो ।

समिक्षकहरुले प्रशंसा गरेको यो फिल्म सबै भन्दा बढी कमाउने फिल्मको रिकर्ड राख्ने अनुमान गरिएको छ ।

यसको ब्यापार बढ्दै गएको छ । अनलाइन बुकिङ ७५ प्रतिशतले बढेको जनाएको छ । त्यस्तै टिकट घरमा पनि दर्शको लाइन लाग्न थालेको छ ।
एस सरकारले निर्देशन गरेको यो फिल्ममा रजनीकान्त, अक्षय कुमारसँगै अमी ज्याक्सनको अभियन रहेको छ ।
यो फिल्म अंग्रेजी भाषाबाहेका संसारका महंगा फिल्ममा नवौ नम्बरमा आउँछ । यसको लागत पाँच सय करोड भारतीय रुपैयाँ रहेको छ ।

ताजा खबर