हेड–टू–हेडको दोस्रो चरणमा श्रृङ्खला खतिवडा पराजित

२०७५ मङ्सिर १६ आइतबार ०९:३३:०० मा प्रकाशित

काठमाडौ,१६ मंसिर । मिस नेपाल श्रृङ्खला खतिवडा ‘मिस वल्र्ड २०१८’ अन्र्तगत हेड–टू–हेड च्यालेन्जको दोस्रो चरणमा सिंगापुरकी प्रतिस्पर्धी मिस सिंगापुर भेनिसा पेहसँग पराजित भएकी छन् ।

पहिलो चरणमा समूह विजेता बनेकी मिस नेपाल शृङ्खला खतिवडा शनिबार बेलुका भएको दोस्रो चरणमा भने सिंगापुरकी प्रतिस्पर्धी मिस सिंगापुर भेनिसासंग पराजित भएकी हुन् ।

खतिवडालाई पराजित गर्दै मिस सिंगापुर भेनिसा भने अन्तिम ३० का लागि छानिएकी छन् । पराजित भएपनि मिस नेपाल श्रृङ्खला खतिवडाका लागि अन्तिम ३० मा पर्ने बाटो भने बन्द भएको छैन् । उनी मल्टिमिडिया वा ब्यूटी विथ पर्पज बिधा जितेर अन्तिम ३० मा पर्न सक्ने सम्भावना कायमै छ ।

मिस नेपाल श्रृङखला खतिवडा मिस वर्ल्ड प्रतिस्पर्धाका लागि अहिले चीनमा छिन् । चीनको सान्यामा मिस वर्ल्र्ड २०१८ को अन्तिम चरणको प्रतिस्पर्धा भइरहेको छ ।

ताजा खबर